×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेता पौडेल भन्छन्ः स्वतन्त्र मुलुकमाथिको आक्रमण विश्वलाई किमार्थ स्वीकार्य हुँदैन

नेता पौडेल भन्छन्ः स्वतन्त्र मुलुकमाथिको आक्रमण विश्वलाई किमार्थ स्वीकार्य हुँदैन

काठमाडौँ - नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले स्वतन्त्र मुलुकमाथि आक्रमणगर्ने,स्वाधीनता र सार्वभौमिकताको खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य नहुने बताएका छन् ।

उनले युद्धले समाधान दिन नसक्ने भन्दै स्वतन्त्र राष्ट्रको अस्तित्व कायम गर्न विश्वव्यापी दवाव सिर्जना गर्न आग्रह गरेका छन् । रुस र युक्रेनबीच भइरहेको युद्धको विषयमा सामाजिक सञ्जाल ट्विटर मार्फत यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्,‘रूसले युक्रेनमाथि गरेको आक्रमणको विश्वव्यापी निन्दा भइरहेको छ,स्वतन्त्र मुलुकमाथि आक्रमणगर्ने,स्वाधीनता र सार्वभौमिकताको खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य हुँदैन । युद्धले सामाधान दिन सक्दैन स्वतन्त्र राष्ट्रको अस्तित्व कायमगर्न विश्व व्यापी दवाव सिर्जना गरौं ।’

प्रतिकृया दिनुहोस्