×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राजनीतिलाई खानेभाडोको रुपमा प्रयोग गरियो: खिमलाल

राजनीतिलाई खानेभाडोको रुपमा प्रयोग गरियो: खिमलाल

काठमाडौं - राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले लगातार दुईपटक निर्वाचन जितेका सांसदलाई तेस्रोपटक निर्वाचन टिकट नदिनुपर्नेमा जोड दिनुभएको छ ।

तीनपटक भन्दा बढि मन्त्रीसमेत बनाउन नहुने तर्क गर्दै सांसद देवकोटाले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यकाल पनि एउटा मात्रै बनाइनुपर्ने बताउनुभएको छ । सांसद देवकोटाले प्रधानमन्त्रीको सम्बन्धमा मौन बसेको संविधानले राष्ट्रपतिको दुई कार्यकाल भने पनि यसलाई अब सच्च्याएर एउटामात्रै कार्यकाल राख्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै सांसद देवकोटाले जिन्दगीभर पदको लोभमा राजनीतिकलाई खानेभाडोको रुपमा प्रयोग गरिरहेको अहिलेको गन्जागोल अवस्थाकै कारण देश र जनताको हित नभएको दाबी गर्नुभयो ।

देशको राजनीति फोहोरी रहेकाले सबैभन्दा पहिला राजनीति सफा हुनुपर्ने बताउदै देवकोटाले नेताहरु आफ्नो आफ्नैका विकाशको लागि मात्रै लागिपरेको आरोप लगाउनुभयो ।

प्रतिकृया दिनुहोस्