×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

२४ घण्टामा दुई हजार ४४२ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या बढ्यो

२४ घण्टामा दुई हजार ४४२ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या बढ्यो

 पछिल्लो २४ घण्टामा दुई हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा एक हजार ४२१ र  चार हजार २४९ एन्टिजेन परीक्षणमा एक हजार २१ जना गरी दुई हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा देशभर कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भएको छ । यसअघि  कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको थियो भने बिहीबार ४० जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा थप ३४५६ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकामा आइतबार ५४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना बिरामी पत्ता लागेका हुन् ।

प्रतिकृया दिनुहोस्