×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२९० संक्रमित थपिँदा २३२ जना कोरोनामुक्त

२९० संक्रमित थपिँदा २३२ जना कोरोनामुक्त

काठमाडौँ- नेपालमा मंगलबार २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ४ सय ७३ पीसीआर परीक्षणका क्रममा २ सय ५२ जना र ४ हजार ६ सय १६ एन्टीजेन परीक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २२ हजार २ सय २७ पुगेको छ । त्यस्तै कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ७७ जनाको कोरोना कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ३२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ९ हजार ३ सय ८७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार २ सय ४२ सक्रिय संक्रमित आइसोलेसन र ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 
 

प्रतिकृया दिनुहोस्