काठमाण्डाै - नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा अहिलेसम्म १५ सय मत गणना भएकाे छ ।
१५ सय मत गणना सकिँदा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ७ सय २१ र डा. शेखर कोइरालाले ५ सय ६२ मत प्राप्त गर्नुभएकाे छ ।
यस्तै, प्रकाशमान सिंहले ११६ मत प्राप्त गर्दा विमलेन्द्र निधिले ८१ र कल्याण गुरुङले ४ मत मात्र प्राप्त गर्नुभएकाे छ।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २ हजार ३४० मत चाहिन्छ ।
नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।