×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्थानीय तह निर्वाचन: १ करोड ८० लाख मतदाता

स्थानीय तह निर्वाचन: १ करोड ८० लाख मतदाता

काठमाडौँ- एकै चरण वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने सरकारको निर्णयसँगै मुलुक अब चुनावी अभियानमा ‌प्रवेशमा प्रवेश गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले गरेको घोषणासँगै अवाधिक निर्वाचनमा रहेको संशयलाई मात्रै हटेको छैन आगामी वर्ष ‘चुनाव वर्ष’ हुने सुनिश्चितता पनि गरेको छ । 

वैधानिक व्यवस्थाअनुसार मङ्सिर र पुसमा आफ्नो महाधिवेशन गर्न बाध्य भएका दलहरूले चुनावलाई लक्षित गर्दै सुरु गरेका कार्यक्रम सोमबार मिति घोषणा गरेसँगै अब तीव्र हुनेछन् । स्थानीय तह निर्वाचनकाे मिति घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन पनि स्थगित गरेको छ ।

आयोगले हालसम्म देशभर १ करोड ८० लाखभन्दा धेरै जनाले मतदाता नामावलीमा नाम समावेश गराएको जनाएको छ । निर्वाचन आयोगका अनुसार यो प्रारम्भिक तथ्याङ्क हो । आयोगले देशभरका कार्यालयहरूबाट मतदाता नामावलीको यथेष्ट विवरण आयोगको कार्यालयमा पठाउन निर्देशन दिएको छ ।

स्थानीय तहको निर्वाचन हुने समय नजिकिएसँगै आयोगले पछिल्लो समय मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको थियो । पछिल्लो समय करिब १५ लाख मतदाता थपिएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । मतदाता नामावलीमा नाम सङ्कलन भएका व्यक्तिले मात्रै मतदान गर्न पाउने छन् ।

प्रतिकृया दिनुहोस्