×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

भारत र न्युजिल्यान्डबीच आजदेखि सुरु हुँदै टी-ट्वेन्टी सिरिज

भारत र न्युजिल्यान्डबीच आजदेखि सुरु हुँदै टी-ट्वेन्टी सिरिज

काठमाडौं- टी-ट्वेन्टी विश्वकपको शीर्ष १२ बाटै बाहिरिएको भारत र प्रतियोगिताको फाइनल पुगेको न्युजिल्यान्डबीच आजबाट तीन खेलको टी-ट्वेन्टी सिरिज सुरु हुँदैछ । पहिलो खेलमा यी दुई टीम राति ७:३० मा जयपुरमा प्रतिस्पर्धा गर्दैछन् ।

भारतीय टीम नयाँ कप्तान रोहित शर्मा तथा नयाँ प्रशिक्षक राहुल द्रविडको नेतृत्वमा मैदानमा हुनेछ । साथै केहि मुख्य खेलाडी टीम बाहिर रहनेछन् । पहिलो पटक रोहित पूर्ण रुपमा टी-ट्वेन्टी कप्तानको रुपमा भारतलाई नेतृत्व गर्नेछन् । क्लब क्रिकेटमा सफल कप्तानको परिचय बनाएका रोहितका लागि अब देशलाई सफल बनाउनुपर्ने चुनौती रहेको छ ।

पछिल्लो समय निकै आक्रामक देखिएको भारतलाई रोहितले सोही लयमा लैजालान् या ट्रयाक चेन्ज गर्लान् त्यो भने समयले बताउनेछ । न्युजिल्यान्ड र भारतबीच अहिलेसम्म कुल १७ खेल भएका छन् । जसमा न्युजिल्यान्डले ९ खेलमा जित निकाल्दा भारतले ६ खेलमा जित निकालेको छ । यी दुईबीच अहिलेसम्म २ खेल बराबरी भएको छ ।

 

प्रतिकृया दिनुहोस्