एजेन्सी - इन्डियन प्रिमियर लिग(आईपीएल) आजको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीयन्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै लिगमा तेश्रो जित दर्ता गरेको छ।
दिल्लीको अरुण जेटली स्टेडियममा सम्पन्न खेलमा राजस्थानले दिएको १७२ रनको लक्ष्य मुम्बईले ९ बल बाँकी रहँदै ३ विकेट गुमाएर पुरा गर्यो।
लक्ष्य पछ्याउने क्रममा मुम्बई ओपनर रोहित शर्मा र क्विन्टन डीककले ४९ रनको साझेदारी गरे। १४ रन बनाएका रोहितलाई छैठौं ओभरमा क्रिस मोरिसले क्याच आउट गराए। डीककले दोश्रो विकेटको लागि सूर्यकुमार यादवसंग ३४ रन जडे। दशौँ ओभरमा १६ रन बनाएर यादव मोरिसको दोश्रो शिकार बने।
डीककले तेश्रो विकेटको लागि क्रुनाल पान्ड्यासंग साझेदारी गर्दै टिमलाई जितको दिशा दिए। दुवैले राजस्थानको बलिंगमा ४४ बलमा ६३ रनको साझेदारी गरे। १७ औं ओभरमा मुस्तफीजुर रहमानले पान्ड्यालाई बोल्ड गरे जस अघि उनले २६ बलमा २ चौका र २ छक्का मद्दतले ३९ रन बनाए।
इनिंग्सको १८ औं ओभरमा क्रिस मोरिसले १६ रन खर्चिएपछि मुम्बईको जित सहज बन्न पुग्यो।
क्विन्टन डीककले अविजित ७० रन बनाए जुन क्रममा ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे। काईरन पोलार्डले ८ बलमा २ चौका र १ छक्का मद्दतले अविजित १६ रन बनाए।
राजस्थानको बलिंगमा क्रिस मोरिसले २ विकेट ( ४-०-३३-२ ) तथा मुस्तफिजुर रहमानले १ विकेट ( ३.३-०-३७-१ ) लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको राजस्थान राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १७१ रन बनाएको थियो।
राजस्थान ओपनर जोस बटलर र यसश्वी जैसवालले ६६ रनको साझेदारी गरे। बटलर ३२ बलमा ३ चौका र ३ छक्का मद्दतले ४१ रन तथा जैसवाल २० बलमा २ छक्का र २ चौका मद्दतले ३२ रन बनाएर आठौँ र दशौँ ओभरमा लेग स्पिनर राहुल चाहरबाट आउट भए।
बुम्राहले उत्कृस्ट बलिंग गरे
तेश्रो विकेटको लागि कप्तान सन्जु स्यामसन र शिभम दुबेले अर्धशतकीय साझेदारी गरे। ५७ रनको साझेदारी १८ औं ओभरमा ट्रेन्ट बोल्टले स्यामसनलाई बोल्ड गर्दा तोडे। त्यस अघि स्यामसनले २७ बलमा ५ चौका मद्दतले ४२ रन बनाए। १९ औं ओभरमा बुम्राहले ३५ रन बनाएका दुबेलाई आफैद्वारा क्याच आउट गर्दै पेभेलियन फर्काए।
१७ औं र १८ औं ओभर बलिंग गरेका जस्प्रित बुम्राहले क्रमशः ५ र ४ रन दिंदै राजस्थानलाई ठुलो योगफल बनाउन रोके।
रियान परागले अविजित ८ तथा डेभिड मिलरले अविजित ७ रन बनाए।
मुम्बईको बलिंगमा लेग स्पिनर राहुल चाहरले २ विकेट ( ४-०-३३-२ ) , ट्रेन्ट बोल्टले १ विकेट ( ४-०-३७-१ ) लिए। जस्प्रित बुम्राहले १ विकेट लिने क्रममा ४ ओभरमा मात्र १५ रन खर्चिए।
६ खेलमा ३ जित र ३ हार बेहोरेको दिल्ली अंकतालिकाको चौथो स्थानमा यथावत रहेको छ। हारपछि राजस्थान ६ खेलमा २ जित र ४ हार पछि ४ अंक सहित सातौँ स्थानमा रहेको छ।
मुम्बईले आगामी खेल मे १ तारिख शनिवार चेन्नाई सुपर किंग्ससंग तथा राजस्थानले मे २ तारिख आइतबार सनराईजर्स हैदरावादसंग खेल्ने तालिका रहेको छ।