×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एक अर्ब बराबरको नटबोल्ट र दुई करोडको सियो सेफ्टी आयात

एक अर्ब बराबरको नटबोल्ट र दुई करोडको सियो सेफ्टी आयात

 

काठमाडौं- अर्थतन्त्रको मुख्य स्रोत उत्पादन हो ! कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको हाम्रो जस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ । तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग गर्नुपर्ने अवस्थाले मुलुकको उत्पादन क्षमता र स्तर एकदमै कमजोर रहेको पुष्टि भइरहेको छ । भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिन्छ ।
    
पछिल्लो समय विभागले सार्वजनिक गरेको तथ्याङ्कानुसार । एक अर्बभन्दा बढीको नटबोल्ट र स्क्रु आयात भएको छ । विभिन्न यन्त्र उपकरण तथा सवारी साधानमा प्रयोग हुने नटबोल्ट र पेचकिलाजन्य वस्तु आयातमा समेत अर्बौं रकम मुलुकबाट बाहिरिरहेको छ । सार्वजनिक विवरणअनुसार गत आवमा रु एक अर्बभन्दा बढी मूल्यको फलाम तथा स्टिलका नटबोल्ट आयात भएका छन् । एक वर्षमा रु एक अर्ब २६ करोड ५४ लाखभन्दा बढी मूल्य बराबरका पेचकिला (स्क्रुु) तथा बोल्ट र रु १४ करोड ९४ लाख ३५ हजार मूल्य बराबरको नट आयात भएको छ ।

विभागका अनुसार गत आवमा रु १५ कारोड ८५ लाख बराबरको फलाम तथा स्टिलको किला आयात भएको छ ।

त्यस्तै विभागका अनुसार गत आवमा रु दुई करोडको सियो र सेफ्टी पिन आयात भएको छ ।  गत आवमा लुगा सिउने सियो र सेफ्टी पिनको आयातमा रु दुई करोडभन्दा बढी रकम बाहिरिएको छ । गत आवमा रु एक करोड ७३ लाख ९१ हजारको सेफ्टी पिन र रु ६३ लाख १० हजार मूल्य बराबरको सियो आयात भएको छ । जसबाट सरकारले रु ६७ लाख ४९ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

 

प्रतिकृया दिनुहोस्