काठमाडाैँ - आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि देशैभर स्वतन्त्र उम्मेदवारी दिनेहरुको चर्चा चलिरहँदा पाल्पाको क्षेत्र नं २ मा पनि एक युवाको स्वतन्त्र उम्मेदवारीको चर्चा एकाएक चुलिएको छ । सधैँ राजनितीक दलका उम्मेदवारहरुलाई जिताएर पनि कुनै सम्बृद्धिको आधार नदेखेका पाल्पाली मतदाताहरुले यसपाली स्वतन्त्र उम्मेदवारलाई नै साथ दिने संकेत देखिएपछि देशका अन्य क्षेत्रमा जस्तै पाल्पाको क्षेत्र नं २ मा पनि स्वतन्त्र युवा उपेन गैरेले उम्मेदवारी घोषणा गरि प्रचार प्रचार गर्न थालिसकेका छन् ।
पाल्पाको बगनाशकाली गाउँपालिका २ पोखराथोकमा जन्मिई हाल काठमाडौँमा आफ्नै पेशा व्यबसाय गर्दै आएका उपेनले विभीन्न आन्दोलनले ल्याएको परिवर्तनकाे सपनालाई विपनामा परिवर्तन गर्दै सम्बृद्धीको बाटोतिर लैजाने अभियान सहित उम्मेदवारी दिने तयारी गरेका हुन् भारतवाट computer application मा स्नाकोत्तर गरि हाल काठमाडौँमा आफ्नै बिषयगत व्यबसाय सहित केहि निजी तथा गैरआवासिय संस्थामा IT विज्ञको रुपमा कार्यरत रहेका उपेनले परम्परागत प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्दै विद्यमान अवस्थामा राजनितिमा देखिएको कुरिति, विसंगति, मौलाउदै गरेको भ्रष्टाचार,छायाँमा परेको युवा नेतृत्वलाई उजागर गर्नुका साथै नयाँ आवाज,नयाँ दृष्टिकोणका साथ अघि बढ्न पाल्पा क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
आफ्नै गृहजिल्ला पाल्पाको तानसेनमा पुगि मतदाताहरुलाई साक्षी राखेर जनताका लागि साँच्चीनै परिवर्तन गर्ने दृढ संकल्पका साथ उम्मेदवारी घोषणा गरिसकेका उपेनले एक प्रेस बिज्ञप्ती जारी गर्दै राष्ट्रिय हित,सुरक्षा तथा विकासका निम्ती मुलुकमा उपलब्ध स्रोत,साधन तथा जनशक्तिको परिचालन मार्फत देशलाई परिवर्तनको दिशामा पुर्नजागृत गर्न चाहान्छौ भन्दै हिजो सम्म अरुले गरेको गल्तिलाई हामीले परिवर्तको सिढिको रुपमा रुपान्तरण गरि विकाशको रेखा कोर्ने कुराको प्रतिबद्धता व्यत्त गरेका छन् ।
समाजमा देखा परेको कुरिति, विसंगतिको विरुद्धमा सधै स्वतन्त्र रुपमा आवाज उठाउदै आएका उपेनले लोकमान सिंह कार्की विरुद्धको आन्दोलन होस् या डा. गोविन्द केसी को समर्थनमा, enough is enough काे campaigm होस् या अन्य युवाको आवाजको लागि गरिएका आन्दोलनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोगीको भुमिका निर्वाह गर्दै आईरहेका प्रमाणहरु यथेष्ट छन् । महाभुकम्प देखि कोरोनाकाल सम्ममा उनले आफ्नो क्षमताले भ्याए सम्म सहयोगको लागि आफ्नो उपस्थिती जनाएको थिए र अब पनि गर्ने प्रतिवद्धता व्यत्त गरेका छन् ।
उनले आफ्नो प्रतिबद्धता पत्रमा लेखेका छन् : "हामीले देखेको परिवर्तनको सपना अव विपनामा परिणत गर्नुपर्ने छ । २००७ साल देखि अहिले सम्म राज्यले राजनितिको नाममा धेरै परिवर्तन देख्यो । कोहि शान्तिपुर्ण त कोहि हिसांत्मक । तर विडन्वना राजनिती गर्न खोलिएका कुनैपनि दलहरु राज्यको लागि गम्भिर देखिएनन् । दलहरु सबै व्यक्ति केन्द्रित हुदा त्यसको व्ययभार राज्यले उठाउदै आउनुपरेको छ । राज्यलाई शोषण गरेर बसेका व्यक्ति वा दलबाट अबपनि केहि आश गरेर बस्नु भनेको हामी परिवर्तन चाहादैनौ भन्ने सजिलै बुझ्न सकिन्छ। राज्यको व्यवश्था त बदलियो तर अवश्था बदल्न अहिलेसम्म सकेनन् । आर्थीक, सामाजिक र धार्मीक शिद्धान्तहरु कितावमा मात्र सिमीत भएको देख्दा को व्यक्तिको मन पोल्दैन र । त्यसैले हामी परिवर्तको खाका कोर्न आएका छौ ।"
हामीले जनतालाई धेरै ठुला आश देखाउदैनौ । किनकि हामीहरुले हाम्रो देशको सतह बुझेका छौ । जनताका समस्या एकदमै स—साना छन् , हामी आफैले यो समस्या दैनिक जिवनमा भोग्दै आईरहेको छौ, अस्पतालमा जाउ त्यहाको सेवा लिन भनसुन गर्नुपर्छ , सरकारी कार्यालयको अवश्था त्यो भन्दा दयनिय छ, यातायातमा जनताले भोग्ने समस्या छुटै छन्, महिला बालबालिका सुरक्षित महसुस गर्न सक्दैनन्, शिक्षामा राज्यको पाठ्यक्रम प्रणाली परम्परागत छ, टेक्नोलोजि प्रयोग त गर्छौ, तर त्यसका नकारात्मक पक्षमा हामी अनविज्ञ छौ । यस्ता यावत जन—समस्याहरुको समाधान हाम्रो पहिलो प्राथमीकतामा राख्नेछौ । राष्ट्रिय हित, सुरक्षा तथा विकाशका निम्ती मुलुकमा उपलब्ध स्रोत, साधन तथा जनसक्तिको परिचालन मार्फत देशलाई परिवर्तनको दिशामा पुर्नजाग्रित गर्न चाहान्छौ । हिजो सम्म अरुले गरेको गल्तिलाई हामीले परिवर्तको सिढिको रुपमा रुपान्तरण गरि विकाशको रेखा कोर्नेछौ ।
पाल्पा क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्यमा मेरो उम्मेदवारी किन?
– परम्परागत प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न ।
– परिवर्तनको लागि राज्यको निति निर्माण तहमा युवा नेतृत्व ।
– राजनितिलाई लाजनिति हुन बाट रोक्न ।
– कुरिति, विसंगति, मौलाउदै गरेको भ्रष्टाचारलाई विस्थापितगर्न ।
– विकाशको लागि दिगो योजना तथा पुर्वाधार विकासमा आमुल परिवर्तन गर्न ।
– शिक्षा,स्वास्थ्य तथा कृषि प्रणालीमा आमुल परिवर्तन गर्न ।
– आधारभुत तथा लक्षित कार्यक्रम हरु लाई व्यवस्थित तरिकाले कार्यान्वयन गर्न ।