×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टेनिस खेलाडी शिभालीलाई २० लाखको प्रायोजन

टेनिस खेलाडी शिभालीलाई २० लाखको प्रायोजन

काठमाडौँ - भाटभटेनी सुपरमार्केटलगायत संस्थाहरूले टेनिस खेलाडी शिभाली गुरुङलाई २० लाख रुपैयाँबराबरको प्रायोजन गरेको छ । १३ वर्षीया शिभाली टेनिसकी उदीयमान खेलाडी हुन् ।

उनी एसियाली टेनिस महासंघको यू–१४ गर्ल्सतर्फ १२ औं वरीयतामा छिन् । यो वर्ष शीर्ष १० मा पर्ने उनको लक्ष्य छ ।
सुपरमार्केटका निर्देशक कल्याण गुरुङले विश्व खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने भविष्यका खेलाडीमाथि लगानी गर्न भाटभटेनी प्रतिबद्ध रहेको बताए । ‘शिभालीलाई समर्थन गर्नु हाम्रो प्रतिभालाई प्रेरित गर्ने लक्ष्यअनुरुपको काम हो,’ उनले भनेका छन् ।

भाटभटेनी होल्डिङसँगै उक्त प्रायोजन गर्नेमा ट्रस्ट नेपाल ओभरसिज, ट्रान्सवेल्ड नेपालका अमूल श्रेष्ठ, ड्रिक एन्ड ब्राउन, टिप्को, इन्फिनिटी र पेपे पिज्जा छन् । प्रायोजनबाट शिभालीको प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन सहयोग पुग्ने विश्वास छ ।

प्रतिकृया दिनुहोस्