×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई स्याङ्पा फाउण्डेशनको साथ

सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई स्याङ्पा फाउण्डेशनको साथ

लेखनाथ: स्याङ्पा फाउण्डेशनद्वारा पोखरा ३० मा रहेको सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग वितरण गरेको छ । सङ्क्रामक तथा सरुवा रोग अस्पतालसँगै धुलीखेल अस्पताल, कीर्तिपुर अस्पताल, लुम्वीनी प्रादेशीक अस्पताललाई करिव ५ करोड वढीको सामाग्री वितरण गरेको हो । 

फाउण्डेशनले अक्सीजन कन्सट्रेटर, मास्क, सेनीटाइजर, पिपिई, फेस सिल्ड लगाएत गरी गण्डकी प्रदेशका सभासद् इन्द्रधारा विष्ठको उपस्थितीमा अस्पतालका प्रमुख डा. विकास गौचनलाई एक कार्यक्रम गरी वितरण गरेका छन् । साथै केही स्वास्थ्य समाग्रीहरू माथिल्लो र तल्लो मुस्ताङ र गोरखाका अस्पतालमा समेत त्यहीबाट पठाउने व्यवस्था गरेको डा. गौचन बताउँछन् । 

देश भित्रका विभिन अस्पतालवाट सहयोग माग भएको हुँदा माग भए वमोजिक स्वास्थ सामाग्री प्रदान गरेको फाउण्डेशनका कोषाध्यक्ष अमृत लामा बताए । लामाले फाउण्डेशनलाई चाइना र हङकङ देखी सहयोग वितरण गर्न लाई स्वास्थ्य सामाग्री आएको र थप आवश्यक भएमा पनी सहयोग वितरण गर्ने बताए । 
उनले फाउण्डेशनले करिव ८ लाखको लागतमा सरुवा रोग अस्पतालमा अक्सिजन प्लान्ट राख्नका लागी भवन निर्माण समेत समेत अन्तिम चरणमा रहेको बताए ।

 

प्रतिकृया दिनुहोस्