×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

स्याङ्जा समाज जापानको आयोजनामा रक्तदान कार्यक्रम आयोजना हुने

स्याङ्जा समाज जापानको आयोजनामा रक्तदान कार्यक्रम आयोजना हुने

टोकियो । जापानमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै स्याङ्जा समाज जापानको आयोजनामा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। जापानका बिभिन्न पाँच स्थानमा गर्ने तय भएको कार्यक्रममा सहभागीका लागी दर्ता फारम खुला गरिएको आयोजक संस्थाले जनाएको छ । आगामी फेब्रेअरी २१ र २२ तारिख गुन्मा केनमा रक्तदान कार्यकम हुनेछ भने फेब्रुअरी २२ मा अन्य चार ठाउँ टोकियो, नागोया, ओसाका र सेन्दाइ मा एकै दिन रक्तदान कार्यक्रम सञ्चालन गरिने भएको हो । 

समाजले जापानका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफूलाई पायक पर्ने स्थान छनोट गरी दर्ता फारम भर्न हार्दिक अनुरोध गरेको छ। दर्ता प्रक्रियाले कार्यक्रमको प्रभावकारी व्यवस्थापन र समन्वयमा सहयोग पुग्ने आयोजकको भनाइ छ।
समाजका अनुसार दर्ता फारमबाट प्रत्येक क्षेत्रमा सहभागी संख्याको यथार्थ अनुमान गर्न,कार्यक्रम व्यवस्थापन सहज बनाउन,जापानी रेडक्रससँग आवश्यक समन्वय गर्न,तथा भविष्यका लागि तथ्यांक अभिलेख सुरक्षित राख्न सहयोग पुग्नेछ।

स्याङ्जा समाज जापानले रक्तदानलाई मानव जीवनसँग जोडिएको महत्वपूर्ण सेवा भएको उल्लेख गर्दै, “तपाईंको सानो योगदानले कसैको जीवन जोगिन सक्छ” भन्दै सबै नेपालीलाई कार्यक्रममा सहभागी भई दर्ता गर्न र यस जानकारीलाई व्यापक रूपमा साझा गर्न आग्रह गरेको छ।

यसअघि शिजुओका क्षेत्रमा आयोजना गरिएको रक्तदान कार्यक्रम जनवरी २७ मा सफलतापूर्वक सम्पन्न भइसकेको स्याङ्जा समाज जापानले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्