काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ। मंसिर ४ को निर्वाचनपछि पहिलो बैठक बस्न लागेको केन्द्रीय कार्यालयले जनाएको छ । आजको बैठकले केन्द्रीय सचिवालय बैठकको अजेन्डा तय गर्ने बताइएको छ। केन्द्रीय सचिवालयको बैठकअघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बैठक बस्न लागेको हो । बैठकमा समानुपातिकको बन्द सूचीबारे पनि आवश्यक छलफल हुने बताइएको छ।