×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

खोपका लागि पहल भइरहेको छ : मन्त्री राई

खोपका लागि पहल भइरहेको छ : मन्त्री राई

प्रदेश नं १ को सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताएकी छिन् । उनले प्रदेशमा चाँडोभन्दा चाँडो खोप ल्याउने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रतिनिधिसँग बिहीबार भएको छलफलका क्रममा मन्त्री राईले कोरोना सङ्क्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने बताइन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याव्सन०का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले प्रदेश सरकारले शिक्षकका लागि खोपको व्यवस्था गर्न माग गर्नुभयो । वैकल्पिक विधिबाट शिक्षालाई अगाडि बढाउने भन्दै उनले भनिन् “सधैँ विद्यालय बन्द गरेर राख्ने अवस्था हुँदैन ।”

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल र मोरङ अध्यक्ष राजेश कार्कीले प्रदेश सरकारले स्वास्थ्यमा केन्द्रित गरेर कार्यक्रम अघि बढाउन आवश्यक रहेकामा जोड दिए । उनले खोपलाई प्राथमिकता दिन आग्रह गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय सदस्य तथा सत्यनारायण माविका प्रधानाध्यापक धर्मानन्द खरेलले प्रदेश सरकारले गत आर्थिक वर्षमा सञ्चालन गरेका राम्रा कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेकाले उहाँले भौतिक पूर्वाधारमा पनि प्रदेश सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रतिकृया दिनुहोस्