×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एनसिएल फुटबलमा प्ले अफमा पुग्ने चारवटै टोली तय, फाइनल पुग्न धनगढी र काठमाडौं भिड्ने

एनसिएल फुटबलमा प्ले अफमा पुग्ने चारवटै टोली तय, फाइनल पुग्न धनगढी र काठमाडौं भिड्ने

काठमाडौं - पहिलो संस्करणको दशरथ रंगशालामा जारी नेपाल सुपर लिग(एनसिएल) फुटबलमा प्ले अफ पुग्ने चारवटै टोलीको टुंगो लागेको छ। धनगढी एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी प्ले अफमा पुगेका छन्।

फाइनल पुग्न काठमाडौं र धनगढीबीच प्रतिस्पर्धा हुने छ। यो खेलमा पराजित हुने टोलीले बुटवल र ललितपुरबीच हुने खेलको विजेतासँग फेरी फाइनल प्रवेशका लागि खेल्ने छ।

६ खेलबाट १० अंक भएको धनगढी तालिकाको शीर्षस्थानमा छ। एक खेल कम खेलेको काठमाडौंको पनि १० अंक छ। ६ खेलबाट ललितपुरको ९ र बुटवलको ८ अंक रहेको छ। लिग चरणको अन्तिम खेलमा आइतबार काठमाडौंले एफसी चितवनसँग खेल्ने छ। चितवनको ५ खेलबाट २ अंक मात्र छ।

शनिबार भएका खेलमा ललितपुरले विराटनगरलाई ४-० र बुटवलले धनगढीलाई १-० गोलले हरायो। बुटवलका सुमन लामाले ८२  औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। बुटवलको जितपछि ८ अंक भएको अर्को टोली पोखरा थण्डर्स एफसी बाहिरियो।

प्रतिकृया दिनुहोस्