काठमाडौं - स्टार फुटबलर लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली जारि लिग कपको फाइनलमा प्रवेश गरेको छ ।आज भएको सेमिफाइनल खेलमा मियामीले फिलफोडियालाई ४-१ गोलअन्तरले पराजित गरेको हो ।
मियामीको जितमा जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान १/१ गोल गरे ।योसँगै मेस्सीले मियामीका लागि लगातार ६ खेलमा गोल गरेका छन् ।
योसँगै मियामी क्लब इतिहासमै पहिलोपटक कुनै पनि उपाधि नजिक पुगेको छ । यसअघि मियामीले कुनै पनि प्रतियोगिताको फाइनल खेलेको थिएन ।