×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टी-२० विश्वकप : नेदरल्यान्ड्समाथी पाकिस्तानको सहज जित

टी-२० विश्वकप : नेदरल्यान्ड्समाथी पाकिस्तानको सहज जित

काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले जित निकालेको छ । अस्ट्रेलियाको पर्थमा आइतबार नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै पाकिस्तानले जित निकालेको हो ।

नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य पाकिस्तानले १३ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानका लागि मोहमद रिजवानले ४९ रनको योगदान दिए । यस्तै फखर जमानले २० तथा कप्तान बाबर आजमले ४ रन बनाए । शान मसुद १२ रनमा आउट भए ।  नेदरल्यान्ड्सका ब्रान्डन ग्लोभरले २ तथा पाउल भानले १विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर ९१ रन जोडेको थियो । नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले सर्वाधिक २७ रन जोडे । कप्तान स्कट एडवार्डले १५ रन बनाए । पाकिस्तानका शादब खानले ३ तथा मोहमद वासिमले २ विकेट लिए ।

पाकिस्तानको यो पहिलो जित हो । जितसँगै पाकिस्तानले ३ खेलमा २ अङ्क जोडेको छ । समूह २ मा रहेको पाकिस्तान पाँचौँ स्थानमा रहेको छ । अङ्क विहीन नेदरल्यान्ड्स पुछारमा रहेको छ ।

प्रतिकृया दिनुहोस्