×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आसन्न निर्वाचनमा कांग्रेसकै बहुमतबाट प्रधानमन्त्री : महामन्त्री शर्मा

आसन्न निर्वाचनमा कांग्रेसकै बहुमतबाट प्रधानमन्त्री : महामन्त्री शर्मा

झापा- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने बताएका छन् । नेपाली कांग्रेस झापाले आज बिर्तामोडमा आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा महामन्त्री शर्माले अबको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने र कांग्रेसले प्रधानमन्त्री पाउने दाबी गरे ।

कांग्रेसकै प्रधानमन्त्री बनाउँदा पाँच वर्ष प्रधानमन्त्री टिकाउन सकिएला कि नसकिएला भन्ने चिन्ता व्यक्त गरेका शर्माले ७० वर्षको लामो इतिहासमा अहिलेसम्म कोही पनि व्यक्ति पाँच वर्ष प्रधानमन्त्री पदमा टिक्न नसकेको बताए । विगतमा भएका निर्वाचनको समीक्षा गर्दै महामन्त्री शर्माले भने, “एउटा निर्वाचन जित्ने र एउटा निर्वाचन हार्ने कर्म गरिरहेको कांग्रेसले देशको मुहार राम्रो ढङ्गले बदल्न सक्दैन तसर्थ यो बेला संकल्प गर्नुपर्छ आगामी निर्वाचन हामीले जित्नै पर्छ ।”

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलाप्रति लक्षित गर्दै महामन्त्री शर्माले भने, “एकातर्फ कम्युनिष्ट आन्दोलनका नेता केपी शर्मा ओली उभिँदै गर्दा अर्कोतर्फ कृष्णप्रसाद सिटौला हुनुहुन्छ । अबको निर्वाचनमा उहाँलाई उच्च मनोबलका साथ जिताउनै पर्छ ।” नेपाली कांग्रेसलाई जित्ने मात्रै सोच छैन देश चलाउनुपर्ने दायित्व रहेको बताउँदै एक कार्यकाल मात्रै होइन अबका तीन कार्यकाल कांग्रेसलाई जिताएर मुलुकमा आमूल परिर्वतन ल्याउनुपर्ने बेला आएको शर्माको भनाइ छ ।

प्रतिकृया दिनुहोस्