×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१५ हजार मतपत्रसहित पर्साबाट भारतीय नागरिक पक्राउ

१५ हजार मतपत्रसहित पर्साबाट भारतीय नागरिक पक्राउ

काठमाडौं- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका १५ हजार मतपत्रसहित पर्साबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहारस्थित चम्पारन नरकटिया ग्रामपंचायत– ४ का ४० वर्षीय इजाजत अहमदलाई मतपत्रसहित प्रहरीले पक्राउ गरेको हो ।

पर्सा प्रहरीका अनुसार उनलाई मंगलबार पक्राउ गरिए पनि आज मात्रै सार्वजनिक गरिएको हो । प्रहरीका अनुसार जगरनाथपुर गाउँपालिका–२ दशौतास्थित सडकखण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपाल आउँदा प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा उनी मतपत्रसहित पक्राउ परेका हुन् ।

मोटरसाइकलमा रहेको बोरामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका १५ हजार मतपत्र फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्