×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बजेट क्रान्तिकारी परिवर्तनको दस्तावेज हो : बर्षमान पुन

बजेट क्रान्तिकारी परिवर्तनको दस्तावेज हो : बर्षमान पुन

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बजेट गठबन्धनको घोषणा पत्र नभई क्रान्त्रिकारी संरचनात्मक परिवर्तनको दस्तावेज भएको बताएका छन्। बजेटबारे संसदमा पहिलो दिन जारी छलफलमा बोल्दै उनले बजेटबारे नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको राखेको तर्कको खण्डन गर्दै यस्तो धारणा राखेका हुन्।

पूर्वअर्थमन्त्री भइसकेका व्यक्तिले बजेटलाई गठबन्धनको घोषण पत्र भन्नु गलत भएको भन्दै पुनले बजेटबाट लाभान्वित हुने सेना, प्रहरी, कर्मचारी, कृषक सबै गठबन्धनका मात्रै मान्छे हुन् त ? भनि प्रति प्रश्न गरे।
सरकारले कृषिमा ३२ प्रतिशत बजेट वृद्धि गर्नु क्रान्तिकारी भएको भन्दै उनले ४.८ प्रतिशतले वैदेशिक र समग्र सार्वजनिक ऋण घटाएर बजेटमा ९ प्रतिशतको बजेट वृद्धि गरिनु स्वभाविक भएको बताए ।

प्रतिकृया दिनुहोस्