साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदी दुवै धातुको मूल्य उकालो लागेको छ ।
आज छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर एक हजार तीन सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।