×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री कप : आज दुई खेल हुँदै

प्रधानमन्त्री कप : आज दुई खेल हुँदै

काठमाडौँ- प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदै छन्। टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले बिहान ९:३० बाट प्रतिस्पर्धा गर्दै छन्। दुवै टिम सुखद सुरुवातको प्रयासमा रहेका छन्।

त्यस्तै, मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र प्रदेश-१ बिच प्रतिस्पर्धा हुने छ। खेल बिहान ९:३० बजे सुरु हुने छ। पुलिस क्लब लगातार दोस्रो जितको खोजीमा रहँदा प्रदेश-१ भने पुलिसलाई पराजित गर्दै प्रतियोगिता सुरुवात गर्ने लक्ष्यमा रहेको छ। तर, पुलिसले पहिलो खेलमा बलियो मानिएको बागमतीलाई पराजित गरेकाले पुलिस आफ्नो रवाफलाई कायम राख्ने प्रयासमा हुने छ। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ। १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ।

दुवै समूहबाट शीर्ष २ टिमले सेमिफाइनल यात्रा तय गर्ने छन्। समूह ‘ए’ मा नेपाल एपिएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ।

समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश, प्रदेश १ रहेको छ। प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्।

प्रतिकृया दिनुहोस्