काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेसँगै गाडी भाडा पनि घटेको छ। यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा शुक्रबार घटाएको हो।
यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारी पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ।
सरकारले यसअघि बिहीबार पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर हटाएको थियो। यसअघि सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीहरूले पनि भाडा बढाएका थिए।