काठमाडौं - विभिन्न धर्मावलम्विहरुको छुट्टाछुट्टै धर्म संकार हुन्छ । त्यस्तै धेरै जसो धर्म सम्प्रदायमा मान्छे मरेपछि पुनः जन्म हुन्छ भन्ने मान्यता छ । हिन्दु धर्म मान्नेहरुले मृत्यु पछि विभिन्न ८४ जुनी पार गरि अर्को जन्म पाइने विश्वास गर्छन भने बुद्ध धर्मावलम्बीहरुले मरेपछि उनिहरुको सम्झनामा प्रत्येक वर्ष जन्म भएको भान गराउछन् ।
त्यस्तै बौद्धमार्गी बढी भएको थाइल्यान्डमा मान्छे मरेपछि फेरि जन्मनुपर्छ भन्ने मान्यता छ र उनिहरु यो कुरामा धेरैको विश्वास गर्छन् । नयाँ वर्षको अघिल्लो दिन बैंककको ताकिन मन्दिरमा अनौठो धार्मिक क्रियाकलाप सम्पन्न गरिन्छ, जसमा मन्दिरको प्रांगणमा कफिन राखिएको हुन्छ ।
। सो कार्यक्रममा सहभागीहरूले उक्त कफिनमा मृत शरीरको रूप धारण गरेर केही समय बिताउनुपर्छ । यसरी समय बिताउँदा उक्त वर्ष गरेका सबै नराम्रा काम लाससँग जाने अनि उठेपछि नयाँ रूपमा जन्मिइने र राम्रा कुराहरू आउने मान्यता छ ।