×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संवैधानिक नियुक्तिविरुद्धका रिटको सुनुवाइ आज

संवैधानिक नियुक्तिविरुद्धका रिटको सुनुवाइ आज

काठमाडौँ- तत्कालीन प्रधान मन्त्री केपी शर्मा ओलीको पालामा संवैधानिक आयोगहरूमा नियुक्त भएका ५२ जना पदाधिकारीको नियुक्तिविरुद्ध परेको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा आजहुने भएको छ । यी नियुक्तिबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुन लागेको हो । 

संवैधानिक इजलासमा सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । तत्कालीन प्रधान मन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश ल्याएर गरेका नियुक्ति विवादित छन् । ऐन परिवर्तनका साथै प्रतिनिधिसभा विघटन गरेका कारण यी नियुक्ति संसदीय सुनुवाइ बिनै गरिएको थियो ।

तत्कालीन प्रधान मन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा र तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित रहेका थिए । तत्कालीन सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश सिफारिस गर्दै उक्त तत्काल कायम रहेका संवैधानिक परिषद्का सदस्यको बहुमतले निर्णय गर्न सकिने व्यवस्था गरेको थियो ।

त्यही अध्यादेशका आधारमा भएका नियुक्ति बदर गर्न माग गर्दै परेका विभिन्न उजुरीहरूमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

प्रतिकृया दिनुहोस्