×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आमिर खानको ‘लाल सिंह चड्डा’ तीन राज्यमा प्रतिबन्ध

आमिर खानको ‘लाल सिंह चड्डा’ तीन राज्यमा प्रतिबन्ध

एजेन्सी- बिहिबारदेखि रिलिज हुन लागेको बलिउड नायक आमिर खानको निर्माण तथा अभिनय रहेको चलचित्र ‘लाल सिंह चड्डा’ तीन राज्यमा प्रतिबन्ध गरिएको खबर छ। भारतीय संचार माध्यमका अनुसार यो फिल्म १९८४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि भारतमा सिख समुदायको विरुद्ध लडेकाहरुको कथामा आधारित रहेको छ। विशेषगरि, आमिरले केही बर्ष अगाडि भारतको बिषयमा बोलेको कुरालाई लिएर भारतीय जनता पार्टीका केही कार्यकर्ताहरुले बहिष्कार गर्नुपर्ने बताइरहेका छन् । फिल्ममा आमिरसँगै करीना कपूर खान, नागा चैतन्य, मोना सिंहलगायत कलाकारको अभिनय रहेको छ।

बहिस्कारको हल्लाले चलचित्रको बुकिङलाई भने असर पारेको छैन । भारतीय मिडियाका अनुसार, चलचित्रको बुकिङ आइतबारसम्म १० करोड पुगिसकेको छ । आमिरको चलचित्रको वर्ड अफ माउथले व्यापारमा धेरै फरक पार्ने भएकाले पनि ‘डोर सेल’ले यसको व्यापारमा फरक पर्नेछ । फिल्मलाई उत्तर प्रदेश, मध्य प्रदेश र हरियाणामा अनौपचारिक रूपमा प्रतिबन्ध लगाइएको हो।

प्रतिकृया दिनुहोस्