×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थ्री स्टार क्लबले जित्यो खप्तड गोल्डकप

थ्री स्टार क्लबले जित्यो खप्तड गोल्डकप

काठमाण्डाै- छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ ।

धनगढी रङ्गशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोलले हराउँदै थ्री स्टार क्लबले उपाधि जितेको हो । उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ पुरस्कार पाएको छ भने मनाङले १० लाख रुपैयाँ पाएको छ ।

सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टोली, दुई विदेशी र मोफसलको बाग्मती युथ क्लब र आयोजक गरी १० टोली सहभागी थिए ।

प्रतिकृया दिनुहोस्