×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

महिला टि-२० क्रिकेट : नेपालले आज जापानसँग खेल्दै

महिला टि-२० क्रिकेट : नेपालले आज जापानसँग खेल्दै

काठमाडौं - चार देश सम्मिलित टि-२० शृङ्खलाअन्तर्गत नेपालले आज जापानसँग खेल्दै छ। तान्जिनिया र हङकङसँग पराजित नेपाल सान्त्वना जितको खोजीमा हुनेछ। जापानसमेत लगातार दुई खेलमा पराजित भएकाले जितको खोजीमा छ। नेपाल र जापानको खेल शनिबार बिहान ७ः१५ बजे हङकङमा सुरु हुँदैछ।
 
पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको नेपाल दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको हो। लगातार दुई खेलमा पराजित भएको नेपालको फाइनल खेल्ने सम्भावना टरिसकेको छ।
 
चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन्। नेपाल र जापान सान्त्वना जितको खोजीमा हुँदा लगातार दुई खेलमा जित निकालेका हङकङ र तान्जिनिया फाइनल पुगिसकेका छन्।
 
एक खेल अगावै फाइनल पुगेका तान्जिनिया र हङकङ बीचको खेलसमेत आजै हुँदैछ । यो खेल बिहान पौने १२ बजे सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्