×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

ईपीएल क्रिकेटः पोखरालाई हराउँदै चितवन च्याम्पियन

ईपीएल क्रिकेटः पोखरालाई हराउँदै चितवन च्याम्पियन

काठमाडौँ- सबैभन्दा ठुलो पुरस्कार राशीको घरेलु क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ ।

फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवन च्याम्पियन बनेको हो ।

११२ रनको लक्ष्य चितवनले १६ औँ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो । चिवतनको जितमा भीम सार्कीले ६३ र दिलिप नाथले १८ रन बनाए । भीमले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरे । जितसँगै चितवनले  ५० लाख रुपैयाँ हात पार्यो । पोखराले भने १५ लाखमा चित्त बुझायो ।

पहिले ब्याटिङ्ग गरेको पोखरा १८ औँ ओभरमा १११ रनमा अलआउट भएको थियो । पोखराका असेला गुणरत्नेले ३४ रिचर्ड लेभीले २६ र विनोद भण्डारीले २२ रन बनाए ।

चितनवका कमलसिंह ऐरीले चार तथा सिक्कुगे प्रशन्ना र सागर ढकालले दुई दुई विकेट लिएपछि पोखरा सामान्य योगफलमा समेटिएको थियो ।

प्रतिकृया दिनुहोस्