काठमाडौँ- नेपालमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ८८ पिसिआर परीक्षणका क्रममा ७५ जना जना र १ हजार ४ सय ३६ एन्टीजेन परीक्षणका क्रममा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ६५ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ७ सय ४० सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।