प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज सभामुखको तर्फबाट बहस हुने भएको छ । शुक्रबार सरकारी पक्षका कानुन व्यवसायीको बहस सकिएपछि सभामुखको तर्फबाट बहस गर्न बाँकी छ ।
सरकारी पक्षलाई छुट्टाइएको १५ घण्टामध्ये सरकारी वकिललाई ७ र प्रधानमन्त्रीका निजी वकिललाई ७ घण्टा छुट्याइएको हो । त्यसबाट १ घण्टा सभामुखका वकिललाई छुट्टाइएको हो । सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट ५ अधिवक्ताले बहस गर्ने भएका छन् ।
वरिष्ठ अधिवक्ता, श्यामप्रसाद खरेल, वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्ने तय भएको छ हो ।
त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन् । जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी)को बहस हुनेछ । त्यसपछि फैसला हुनेछ । सोही फैसलालाई राखेर प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गरिन्छ ।
उक्त विवादमा ३० वटा रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।