एजेन्सी- स्विडेन इंग्ल्यान्डमा जारी महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियमलाई १-० गोल अन्तरले हराउँदै स्विडेन अन्तिम चारमा पुगेको हो ।
स्विडेनको जितमा लिन्डा सेम्ब्रान्टले निर्णायक गोल गरिन् । उनले खेलको इन्जुरी समयमा गोल गरेकी हुन् । अब स्विडेनले अन्तिम चारमा आयोजक इंग्ल्यान्डको सामना गर्नेछ ।