×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चैत १८ मा रिस्ताको ‘पासो’ प्रदर्शन हुने

चैत १८ मा रिस्ताको ‘पासो’ प्रदर्शन हुने

काठमाडौँ । चलचित्र ‘पासो’ आगामी १८ चैतमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले बिहीबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । रिस्ता बस्नेतको मुख्य भूमिका रहने चलचित्र एकसाथ देशभर रिलिज हुने वितरक करण श्रेष्ठले बताए । आर.बी पुनको निर्देशन रहेको चलचित्रमा पुनकै कथा, पटकथा तथा संवाद रहेको छ । भगवान् भुजेलले निर्माण गरेको चलचित्र क्राइम र सर्भाइबल जनरामा निर्माण गरिएको छ ।

वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुङ्गाना, सरस्वती गुरुङ सह–निर्माता रहेको चलचित्रमा रिस्तासँगै सुनिसा बजगाईँ, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । सूर्य दयालुको सङ्गीत, उत्तम हुमागाँइको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन चलचित्रमा छ ।

प्रतिकृया दिनुहोस्