×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सर्वाेच्चकाे आदेशपछि गभर्नर अधिकारीले भने- ‘केन्द्रीय बैंकले न्याय पायाे’

सर्वाेच्चकाे आदेशपछि गभर्नर अधिकारीले भने- ‘केन्द्रीय बैंकले न्याय पायाे’

काठमाडाैँ- निलम्बित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकले न्याय पाएकाे बताएका छन् । तत्काल निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश जारी गरेपछि उनले भने, ‘म त सिर्फ एउटा माध्यम मात्रै हुँ, याे केन्द्रीय बैंकले पाएकाे न्याय हाे ।’ 

प्रणाली जाेगाउन सर्वाेच्च अदालतले आदेश दिएकाे उल्लेख गर्दै गभर्नर अधिकारीले थपे, ‘सबैकाे शुभेच्छाले गर्दा याे भयाे । हुन त याे अन्तिम हाेइन, यसबारे अन्तिम फैसला हुन बाँकी छ । तर याे यत्ति पनि प्रणाली जाेगाउने सन्दर्भमा राम्राे हाे ।’

यसअघि अर्थमन्त्री जनार्दन शर्माले सरकारलाई असहयोग गरेकोसहितका विभिन्न गम्भीर आरोपहरू लगाएर गभर्नर अधिकारीलाई निलम्बन गराएका थिए । यसपछि आज सर्वाेच्च अदालतले विभिन्न आरोप लगाउँदै गरकारले जाँचबुझ समिति बनाएपछि निलम्बनमा परेका अधिकारीलाई काम गर्नबाट नरोक्न  अन्तरिम आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस्