काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ५२ प्रतिशत विद्यार्थी फेल गराउनु शिक्षकका लागि मजाक बनेको बताएका छन्। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराएर युवाहरूको भविष्य कक्षा १० मै चट् गराएर शिक्षकले मजाक बनाएको बताएका हुन् ।
उनले भने,‘५२ प्रतिशत फेल हुने कुरालाई उहाँले इजिली लिनुभएको छ। ५२ प्रतिशत हाम्रो योङ जेनेरेसनका होनहार प्रतिभावहरू, तिनीहरूको भविष्य एसइईमै, कक्षा १० मै चट् बनाइदिएको कुरालाई उहाँले मजाकको कुरा बनाउनुभएको छ। मलाई अचम्म लाग्यो उहाँको मेन्टालिटी नै त्यो छ।’
प्रधानमन्त्री ओलीले ठुलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएको बारे शिक्षकको बुझाइ नै यस्तो रहेको टिप्पणी गरे । शिक्षक आन्दोलनका क्रममा एक जना शिक्षकले आफूलाई गाली गरेको भिडियो हेरेको भन्दै उनले यस्तो बताएका हुन्।