×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत भेटिए

चितवन राष्ट्रिय निकुञ्जमा पाटे बाघ र गैंडा मृत भेटिए

चितवन-  चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर अन्तर्गत कछुवानी पोष्टको नजिकै निकुञ्जको कोर क्षेत्रमा एकसिगें गैँडा पनि मृत भेटिएको छ । बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले मृत अवस्थामा गैंडा भेटेको हो ।

बाघको आक्रमणबाट गैंडा मरेको हुन सक्ने निकुञ्जले जनाएको छ । यसअघि, गत पुस २४ गते कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भंगालोको किनारामा अन्दाजी १८ वर्षको एक पोथी गैंडा मृत भेटिएको थियो । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा ८ वटा गैंडा मृत भेटिएका छन् ।

यसैगरी, निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने चम्पा सालघारी क्षेत्र स्थित नारायणी नदीको बगर क्षेत्रमा बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । अन्दाजी १५ वर्षको भाले बाघ प्राकृतिक कारणले मरेको हुनसक्ने निकुञ्जको अनुमान छ । निकुञ्जको नियमित गस्ती टोलिले बुधवार दिउँसो मृत बाघ फेला पारेको हो ।

प्रतिकृया दिनुहोस्