×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्वार्थभन्दा माथि उठेर समाजको वृहत्तर हितका लागि समर्पित हुन आवश्यक : प्रधानमन्त्री

स्वार्थभन्दा माथि उठेर समाजको वृहत्तर हितका लागि समर्पित हुन आवश्यक : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाजको वृहत्तर हित, कल्याण एवं उत्थानका लागि समर्पित हुन आवश्यक रहेको बताएका छन् । आज (बिहीबार) काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताएका छन् । उनले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मुल प्रवाहकरण गर्नुका साथै उनीहरुको सामाजिक, आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको बताए ।

देउवाले गैर सरकारी संघसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यक्ता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न आग्रह गरे । उनले १५ औं योजनामा उल्लेखित सामाजिक विकास सम्बन्धी उद्देश्य र दिगो विकास सम्बन्धी लक्ष्यहरु हासिल गर्नका लागि सरकार र गैर सरकारी क्षेत्रले एक आपसमा समन्वय शुरु गरी काम गर्न आवश्यक रहेको पनि उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्