काठमाडौं- निर्वाचन आयोगले सोमबार पार्टी प्रतिनिधिहरुसँग छलफल गर्दैछ। आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक पार्टीका प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो। छलफल विहान साढे ११ बजेदेखि सुरु हुने बताइएको छ।
निर्वाचन आचारसंहितालगायतका विषयमा छलफल हुने साथै आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिएका छन्। आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने तय भएको छ।