×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नवौं राष्ट्रिय खेलकुद मूल आयोजक कमिटीको बैठक सुरु

नवौं राष्ट्रिय खेलकुद मूल आयोजक कमिटीको बैठक सुरु

काठमाडौं-  गण्डकी प्रदेशमा हुन तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक कमिटीको बैठक काठमाडाैंमा  सुरु भएको छ । २८ असोजदेखि ३ कात्तिकसम्म हुने तय भएको प्रतियोगिताका लागि शुक्रबार जमलस्थित एल्लो प्यागोडा होटलमामा  बैठक सुरु भएको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अथकले आवश्यक तयारी अघि बढाउन आह्वान गरेका छन् । बैकठमा मन्त्री गहतराजसहित राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङसॅंगै सातै प्रदेशका खेलकुद सदस्य सचिव, तीन विभागीय टोली र खेलसंघका प्रतिनिधिहरूको उपस्थिति छ ।

७५ सालमा नेपालगन्ज, बाँके, दाङमा आठौं राष्ट्रिय खेलकुद भएपछि कोरोनाका कारण यस प्रतियोगिताले निरन्तरता पाउन सकेको छैन । हरेक दुई वर्षमा राष्ट्रिय खेलकुद हुनु पर्ने भए पनि निरन्तरता नपाउँदा बल्ल नवौं हुने तयारीमा रहेको छ । राष्ट्रिय खेलकुद २०३८ सालबाट सुरु भएको थियो । 

 

प्रतिकृया दिनुहोस्