×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘जय ट्रफी पुरुष एलिट कप’ दुई दिवसीय क्रिकेट प्रतियोगिता पुस २१ देखि हुने

काठमाडौं - नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा हुने ‘जय ट्रफी पुरुष एलिट कप’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता आगामी पुस २१ देखि माघ ३ गतेसम्म विरगञ्ज र जनकपुरमा हुनेछ ।

यस प्रतियोगिताको नाम क्यान इलाइट कपबाट जय ट्रफी पुरुष इलाइट कप नामाकरण गरिएको हो । संघका पूर्व अध्यक्ष स्व. जयकुमार नाथ शाहको नाममा नामाकरण गरिएको हो । शाहले क्रिकेट खेलको विकासमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

नेपाल क्रिकेट संघका पूर्व पदाधिकारी एवं सदस्यको नाममा नामाकरण गर्दै नेपाली क्रिकेटको गर्विलो ईतिहास बोकेको यस ‘जय ट्रफी’ लाई नेपालको प्रिमियर बहुदिवसीय क्रिकेट प्रतियोगिताका रुपमा पुनर्स्थापना गरी भविष्यमा प्रथम श्रेणीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका रुपमा रुपान्तरण गर्ने लक्ष्य रहेको क्यानले जनाएको छ ।

प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिमहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश खेल्ने छन् ।

यस प्रतियोगिताले नेपाली क्रिकेट खेलाडीहरुलाई बहुदिवसीय खेलमा अभ्यस्त गराउन विशेष सहयोग पुग्ने विश्वास रहेको क्यानको भनाइ छ ।

प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल भने देखिने छैनन् । उनी गतवर्ष एपिएफ क्लबबाट खेलेका थिए जसले शीर्ष चारमा स्थान बनाउन सकेन ।

काठमाडौं । नेपाल क्रिकेट संघको आयोजनामा हुने ‘जय ट्रफी पुरुष एलिट कप’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता आगामी पुस २१ देखि माघ ३ गतेसम्म विरगञ्ज र जनकपुरमा हुनेछ ।

यस प्रतियोगिताको नाम क्यान इलाइट कपबाट जय ट्रफी पुरुष इलाइट कप नामाकरण गरिएको हो । संघका पूर्व अध्यक्ष स्व. जयकुमार नाथ शाहको नाममा नामाकरण गरिएको हो । शाहले क्रिकेट खेलको विकासमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

नेपाल क्रिकेट संघका पूर्व पदाधिकारी एवं सदस्यको नाममा नामाकरण गर्दै नेपाली क्रिकेटको गर्विलो ईतिहास बोकेको यस ‘जय ट्रफी’ लाई नेपालको प्रिमियर बहुदिवसीय क्रिकेट प्रतियोगिताका रुपमा पुनर्स्थापना गरी भविष्यमा प्रथम श्रेणीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका रुपमा रुपान्तरण गर्ने लक्ष्य रहेको क्यानले जनाएको छ ।

प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिमहरु नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश खेल्ने छन् ।

यस प्रतियोगिताले नेपाली क्रिकेट खेलाडीहरुलाई बहुदिवसीय खेलमा अभ्यस्त गराउन विशेष सहयोग पुग्ने विश्वास रहेको क्यानको भनाइ छ ।

प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल भने देखिने छैनन् । उनी गतवर्ष एपिएफ क्लबबाट खेलेका थिए जसले शीर्ष चारमा स्थान बनाउन सकेन ।

प्रतिकृया दिनुहोस्