×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

७. ३२ अंकले बढ्यो नेप्से, कारोबार डेढ अर्ब नजिक

७. ३२ अंकले बढ्यो नेप्से, कारोबार डेढ अर्ब नजिक

काठमाडौँ- सोमबारदेखि खुलेको सेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ७.३२ अंक(०.३८ प्रतिशत) ले वृद्धि भएर १९३८.३० अंकमा बन्द भएको छ । पछिल्लो तीन दिनमा नेप्से ७९.८१ अंकले बढेको हो ।

बुधबार बैंकिङ व्यापार र निर्जीवन बीमा बाहेकका सबै उपसूचक बढेका छन् । बैंकिङ उपसूचक ०.१९ प्रतिशत र व्यापार उपसूचक १.२३ प्रतिशतले गिरावट भएको छ । सोमबार र मंगलबार सेयर मूल्य बढेका बैंकमा बुधबार लगानीतकर्ताको नाफा बुक गर्न खोज्दा ‘सेलिङ प्रेसर’ले बैंकहरुको सेयरमूल्यमा करेक्सन आएको छ । 

मंगलबार ३१ भदौ यता १ अर्ब नाघेको कारोबार रकम बुधबार बढेर करिब डेढ अर्ब पुगेको छ । बुधबार नेप्सेमा ४३ लाख ७६ हजार ७०८ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ४६ करोड ७९ लाख १५ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ५६ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ५ कम्पनीको स्थिर छ । जसमध्ये कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ८.७४ प्रतिशतले वृद्धि हुँदा, कर्णाली डेभलपमेन्ट बैंकको ८.११ प्रतिशत र जोशी हाइड्रोपवारको ५.९७ प्रतिशतले वृद्धि भएको छ ।

यता सबैको लघुवित्तको सेयर मूल्य सर्वाधिक ३.९६ प्रतिशतले गिरावट हुँदा महुली लघुवित्तको सेयरमूल्य ३.५ प्रतिशत र माउन्टेन हाइड्रोको सेयर मूल्य २.४५ प्रतिशतले गिरावट भएको छ ।

प्रतिकृया दिनुहोस्