काठमाडौँ- सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सयले घटेर ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार एक सयमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार छ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेर एक हजार दुई सय २५ तोकिएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।