×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भीम रावल एमालेबाट निकालिएपछि कार्यकर्ता अन्योलमा

भीम रावल एमालेबाट निकालिएपछि कार्यकर्ता अन्योलमा

काठमाडौँ -एमाले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीले संगठित सदस्यबाट हटाएपछि उनको गृह जिल्लाका नेता कार्यकर्ता दोधारमा परेका छन् । रावललाई पहिलो नेता मानेर विभिन्न स्थानीय तह, पार्टी संगठनको नेतृत्व गरिरहेकाहरू एमालेमै बस्ने कि रावलले सुरु गरेको मातृभूमि जागरण अभियानमा जोडिने भन्ने अन्योलमा छन् ।
नेकपा फुटपछि तत्कालीन एमालेका धेरै नेता एकीकृत समाजवादीमा जाँदा नै क्षति बेहोरिहेको अछाम एमाले यतिबेला झन् संकटमा परेको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २०७४ मा अछामका दुइवटै निर्वाचन क्षेत्रमा विजयी भएको एमाले २०७९ को चुनावमा दुइटै क्षेत्रमा पराजित भयो ।
क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि जिल्लाबाट रावलको नाम एकल सिफारिस भए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकटलाई उम्मेदवार बनाएपछि जिल्लामा लामो समयसम्म एमाले एकजुट हुन सकेको थिएन । नेकपा फुटको अवस्थामा क्षतिमा परेको एमालेलाई भीम रावल नै पार्टीमा नरहेपछि झन् ठूलो झट्का लागेको छ ।
                 -रावलसँग नजिक भएकाहरुले एमालेविरुद्ध नाराबाजी गरेको र पार्टीका विरुद्धमा बोलेको भन्दै जिल्ला पार्टीले यसअघि पनि ३ जनालाई स्पष्टीकरण सोधिसकेको छ । रावल निकटका एमालेबाट जनप्रतिनिधि भएकाहरु पनि अब के गर्ने भन्ने अन्योलमा रहेको बताउँछन् ।

प्रतिकृया दिनुहोस्