×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोभिड नियन्त्रणबारे सरकारलाई विवेकशील साझाका ६ सुझाव

कोभिड नियन्त्रणबारे सरकारलाई विवेकशील साझाका ६ सुझाव

काठमाडौं - विवेकशील साझा पार्टीले कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रण र रोकथामका लागि सरकारलाई ६ बुँदे सुझाव दिएको छ ।
विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै संक्रमितलाई अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

‘कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हरसम्भव उपाय लगाएर नागरिकलाई पनि सहयोगका लागि अभिप्रेरित गर्नुपर्नेमा दैनिक साढे ५ हजार संक्रमण देखिएको स्थितिमै सरकारले यसरी लत्तो छाडिदिनु एकदमै गैरजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘कोरोना संकट हामीमाझ अहिले अपर्झट आइपरेको हैन । कोरोना महामारीको पहिलो चरण शुरू भएको १ वर्षभन्दा बढीको यो अवधिमा संक्रमण बढ्दा सामना गर्न सक्ने प्रणाली विकासका लागि पर्याप्त तयारीको अवसर थियो ।’
विज्ञप्तिमा विवेकशील साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूलाई कोरोना विरुद्धको संघर्षमा राज्यलाई आवश्यक यथासम्भव सहयोग गर्न आह्वान गरिएको छ ।
पार्टीले कोरोना नियन्त्रणका लागि सरकारले तत्काल गर्नुपर्ने कामबारे आह्वान समेत गरेको छ । यस्ता छन् पार्टीका सुझाव –

१) काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूका निजी अस्पतालहरूमा समेत कोरोना संक्रमितको उपचारको व्यवस्था तथा निजी अस्पतालसँग सम्बद्ध जनशक्ति र स्रोतसाधनको समुचित प्रयोग । 
२) सेना र प्रहरी समेतको सहयोग लिएर कोरोनाबाट प्रभावित सबै क्षेत्रमा अस्थायी उपचार केन्द्रहरूको स्थापना । 
३) सेना र प्रहरीका सहित देशभित्र र देश बाहिर रहेका सबै सेवा निवृत्त चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचार सेवामा स्वयंसेवी भई सहयोग गर्न अपिल ।

४) मित्र राष्ट्रहरू खासगरी चीनसँग विपद् व्यवस्थापन विज्ञ टोलीदेखि अक्सिजन,भेन्टिलेटर,पीपीई जस्ता आवश्यक सामग्री सहयोगको अपिल । 
५) हाल रोकिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम व्यवस्थित बनाएर तत्काल पुनः सञ्चालन । 
६) निषेधाज्ञा अवधि लम्ब्याउनुपर्ने अवस्था आइ परे श्रमिक तथा दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न वर्ग विगतमा जस्तै खानै नपाउने गरी समस्यामा पर्ने हुनाले त्यस्तो स्थिति आउन नदिन अहिलेदेखि नै आवश्यक तयारी । 

प्रेस विज्ञप्ति सरकारलाई विवेकशील साझाको ६ बुँदे सुझाव कोभिड १९ सङ्क्रमणको दोस्रो लहरका कारण देशको स्वास्थ्य प्रणालीले...

Posted by Bibeksheel Sajha Party on Saturday, May 1, 2021

प्रतिकृया दिनुहोस्