×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आगामी मौद्रिक नीतिबारे गभर्नरसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

आगामी मौद्रिक नीतिबारे गभर्नरसँग प्रधानमन्त्रीले लिए ब्रिफिङ

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मौद्रिक नीतिबारे राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग ब्रिफिङ लिएका छन् ।जनार्दन शर्माको राजीनामापछि अर्थमन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवाले व्यापार घाटा बाह्य क्षेत्रमा देखिएको दबाब लगायत विषयमा अर्थ मन्त्रालयका प्रतिनिधिसहित गभर्नर अधिकारीसँग छलफल गरेका हुन् ।

छलफलमा गभर्नर अधिकारीले वर्तमान आर्थिक परिसूचक र मौद्रिक नीति तयारीका सम्बन्धमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको थिए ।

राष्ट्र बैङ्क र अर्थ मन्त्रालय तर्फको ब्रिफिङपछि प्रधानमन्त्री देउवाले अर्थतन्त्रको आवश्यकता अनुसारको मौद्रिक नीति तर्जुमा गर्न निर्देशन दिएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्