काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले काेराेनाका कारण स्थगित पठनपाठन फागुन १ देखि पुनः सञ्चालन गर्ने भएकाे छ । त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको हाे ।
स्थानीय निकायसँग समन्वय गरी तोकिएका मापदण्ड पूरा गरेर भौतिक उपस्थितिमा कक्षा सञ्चालन, परीक्षा सञ्चालन, दैनिक प्रशासनिक कार्यसम्पादनको व्यवस्थाका लागि त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको छ । कोरोना संक्रमण जोखिमका कारण त्रिविले गत माघ ९ विभिन्न तहका परीक्षा स्थगित गरेको थियो ।