×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इंग्ल्यान्डविरूद्ध भारतलाई श्रृंखला

इंग्ल्यान्डविरूद्ध भारतलाई श्रृंखला

काठमाडौं- घरेलु टोली इंग्ल्यान्डलाई  लगातार दोस्रो टी २० मा ४९ रनले पराजित गर्दै भ्रमणकारी टोली भारतले एक खेल अगावै श्रृंखला जितेको छ ।भारतले दिएको १७१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा १२१ रनमा समेटियो ।

इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३५ रन बनाए । भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाउदै १७० रन बनायो । भारतका लागि रविन्द्र जेडेजाले सर्वाधिक ४६ रन  बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले ४ विकेट लिए ।यस अघि पहिलो खेल भारतले ५० रनले जितेको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

प्रतिकृया दिनुहोस्