×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

लमजुङ- यहाँ पेस्तोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बेँसीसहर नगरपालिका–१ उदिपुर क्षेत्रमा हिँडिरहेका भारतको मोतीहारी जिल्लाका २२ वर्षीय दीप कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । शङ्कास्पद गतिविधिमा गत बुधबार हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरे पनि हिजो (बिहीबार) साँझ ती युवालाई सार्वजनिक गरिएको हो ।

उनको साथबाट पेस्तोलसहित एक थान गोली, मोबाइल, सिमकार्ड र निजको आधार कार्डसमेत बरामद गरिएको जिल्ला प्रहरी प्रहरीले जनाएको छ । आज जिल्ला अदालत लगेर म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्