×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा  कोरोना पुष्टि

काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको अहिलेसम्मकै सबैभन्दा धेरै ५८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये २४ घण्टामा ५८ जनाको मृत्यु भएको हो । यसअघि हिजो २४ घण्टामा ५५ जनाको मृत्यु भएको थियो ।

आज थप ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
हिजो ७ हजार ६६० जना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८ हजार ६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्र पछिल्लो २४ घण्टामा ४ हजार ८२५ कोभिड संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार ८४९ भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ४७५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ९९३ संक्रमित डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ।

संक्रमण दर दिनप्रति दिन बढ्दै जाँदा ५० बढी जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्